NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सर्लाहीमा बस दुर्घटना हुँदा दुई जनाको मुत्यु

सर्लाही । सर्लाहीमा बस दुर्घटना हुँदा दुई जनाको यात्रुको मुत्यु भएको छ । सर्लाहीस्थित हरिवन नगरपालिका ४ मा ना ६ ख ४४८८ नम्बरको यात्रुबहाक बस आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा दाङबाट काँकडभिट्टाको जाँदै गरेको यात्रुबहाक बस सडकबाट तल झरेर दुर्घटना भएको हो । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की ३६ वर्षिया राजकुमारी चौधरी र राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरी रहेको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।