NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । यस्तै, चाँदी तोलामा रु १५ ले बढेको छ । बुधबार रु एक हजार २६० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ ।