NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेपाल आइपुग्यो कोरोनाको खोप

काठमाडौं । भारत सरकारले दिएको कोरोना भाइरस (कोभिड–१९)को खोप नेपाल आइपुगेको छ । बुधबार मात्रै भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । सोही खोप बिहीबार काठमाडौं ल्याइएको हो । एयर इण्डियाको विमानमार्फत् कोभिडको खोप नेपाल ल्याइएको हो । भारतले अनुदानमा नेपाललाई दिन लागेको १० लाख डोज खाेप बारेकाे जानकारी बुधबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले पत्रकारसम्मेलनमार्फत् गराएका हुन् । भारतले बेलायती औषधी निर्माता कम्पनीसँग मिलेर विकास गरेको खोप नेपाललाई अनुदानमा दिएकाे हाे । सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्धको कोभिसिल्ड खोप विकास गरेको हो । सोही खोप नेपाललाई उपलब्ध गराइन लागेको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त विकास गरेको ‘एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाम राखेर उत्पादन गरेको छ ।