NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

‘राजपत्रमा सूचना प्रकाशित नहुँदा प्रतिनिधिसभा विघटन अनधिकृत’

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नयाँ विषयले प्रवेश पाएको छ । ५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटनको सदर राजपत्रमा प्रकाशित नभएको भन्दै वकिलहरुले प्रश्न उठाएका हुन् । राष्ट्रपति कार्यालयले वेभसाइटमा सूचना मात्रै जारी गरेको तर राजपत्रमा प्रकाशित नभएको भन्दै अनधिकृत भएको प्रश्न उठेको हो । अधिवक्ता टिकाराम भट्टराईले बहस गर्दै विघटनको सूचना राजपत्रमा नै प्रकाशित नभएको बताए । त्यसपछि न्यायाधीशले राजपत्रका बारेका सरकारी पक्षलाई सोधेको थियो । तर, उनीहरुलले राजपत्र प्रकाशित भएकोबारे तर्क राख्न सकेनन् ।