NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेपालले कोरोनाको खोप ल्याएको भारतको भ्याक्सिन प्लान्टमा आगलागी [भिडियोसहित]

काठमाडौं । बुधबारमात्रै भारतले अनुदानमा नेपाललाई कोभिड–१९ को खोप दिने घोषणा गरेर पठाएको खोपको प्लान्टमा आगलागी भएको छ । भारतको पूणेमा रहेको सिरम इन्स्टिच्युटको प्लान्टमा आगलागी भएको हो । प्लान्ट रहेको टर्मिनल १ काे चौथो र पाँचौ भवनमा आगलागी भएको हो । आगलागीपछिकाे क्षतिकाे विवरण अाइसकेकाे छैन । सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्धको कोभिसिल्ड खोप विकास गरेको प्लान्टमा आगलागी भएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त विकास गरेको ‘एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाम राखेर उत्पादन गरेको छ । भारतले अनुदानमा दिएको खोप बिहीबार नेपाल ल्याइएको छ । यसै ल्याबमा बिसिजीकाे खाेप पनि बन्ने गर्छ । Looks like a major fire at the Serum Institute of India, the manufacturer of the Covishield vaccine. Hope everyone is safe. pic.twitter.com/4h92dx9WTO— Anand Ranganathan (@ARanganathan72) January 21, 2021