मर्मतका लागि जनविद्युत आयोजना बन्द

सिमकोट । मर्मतका लागि सिमकोटस्थित हिल्दुम साना जलविद्युत आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत आयोजना शनिबार बन्द गर्न लागिएको हो । सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा प्रवाह भएको विद्युत् शनिबार मर्मतका लागि बन्द गरि पुन:सञ्चालन गर्ने हिल्दुम विद्युत वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताए । प्रमुख एडीले भने, ‘माघ १० गते शनिबार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।’ सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न समय लाग्ने भएको ऐडीले बताए । उनका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका विद्युत् सेवा पुनःसञ्चालनमा आउने छ । हाल सदरमुकाम सिमकोटमा दैनिक कम्तीमा ११ घण्टा विद्युत भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।
प्रतिक्रिया