NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

सडक निर्माणमा कमसल सामग्रीकाे प्रयाेग

बझाङ । बागथलाबाट भोपुरसम्मको जयपृथ्वी राजमार्गमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोग भएको आशंका व्यक्त गर्दै स्थानीयवासीले चासो व्यक्त गरेका छन। केही स्थानीय युवाले सडक अवलोकन गर्दा निर्माण सामग्री कमसल प्रयोग गरी सडक कालोपत्रे भइरहेको पाएपछि स्थानीयवासीले निर्माण कार्यमा चासो देखाएका हुन। कालोपत्रे गर्दा प्रयोग गरिएको अलकत्रा हातले उप्काउन मिल्ने खबर आएपछी बझाङका युवाले उक्त सडकको निगरानी गरेको थिए । अवलोकन गर्न जाँदा कमसल निर्माण समाग्री प्रयोग गरेको र सडकको धुलो सफा नगरी अलकत्रा बिछ्याएको पाइएको स्थानीय अशोक मल्लले बताए । उनका अनुसार सडक कालोपत्रे गर्दा ‘रिसोलिङ पिच’ गर्नुपर्ने ठाउँमा गिट्टी नराख्ने गरेको र मात्राअनुसार अलकत्रा प्रयोग नगरी सडक कालोपत्रे भइरहेको छ ।सडक मर्मतका बेला सडकलाई फराकिलो गरेर कालोपत्रे गर्नुपर्ने भए पनि त्यसो नगरिएको पाइएको हो । यता कालोपत्रेको काममा गल्ती भएको निर्माण कम्पनिका प्रतिनिधि हरिप्रसाद खनाल स्वीकारेका छन् । ओटासिल सडक उप्कीसकेकाले सो मर्मतका लागि करिब छ करोड रुपैयाँमा कम्पनीसँग सम्झौता भएको भए पनि निर्माण कम्पनीले सडकको छेउमा जाली नहाल्ने तथा किनारामा नाला नबनाएर नै सडक मर्मत गरिरहेको पाइएको छ । सडक निर्माणमा भइरहेको कमसल सामान परिवर्तन गरी गुणस्तरीय सामान प्रयोग नगरेमा युवाले कामलाई अवरोध पुर्‍याउने बताएका छन् । सडक डिभिजन कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमाडौँलाई सो सडक कालोपत्रे गर्ने कामको जिम्मेवारी दिएको थियो ।