NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

अमेरिकी राष्ट्रपति ट्रम्पको पेन्सन कति ?

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल २० जनावरी देखि औपचारिक रुपमा सकिएसँगै उनी ह्वाइट हाउसबाट बाहिरिएका छन् । पदबाट बाहिरिएसँगै उनले पेन्सनस्वरुप केही सेवा सुविधा भने पाउँछन् । अमेरिकी व्यवस्था अनुसार एक पटक राष्ट्रपति बनेको व्यक्तिको कार्यकाल सकिएपनि उनलाई पेन्सन स्वरुप विभिन्न सेवा सुविधाहरु दिने गरिन्छ । सोही अनुरुप ट्रम्प पनि अब वार्षिक २ लाख २१ हजार ४ सय अमेरिकी डलर वार्षिक पेन्सनको हकदार हुनेछन । पेन्सनभन्दा धेरै मूल्य बराबरको भत्ता पनि ट्रम्पले पाउने छन् । तर, सिनेटमा उनी विरुद्ध महाअभियोगको ट्रायल चलिरहेको हुँदा अमेरिकी व्यवस्था अनुसार उनले पाउने पेन्सन, भत्ता र अन्य सेवा सुविधा बारे के हुने हो भन्ने बारेमा भने कुनै टुंगो लागेको छैन् । अमेरिकी कानूनमा आफ्नो कार्यकालमै महाअभियोगको प्रस्तावबाट हटाइएका राष्ट्रपतिलाई पेन्सन दिने व्यवस्था छैन । ट्रम्पविरुद्ध पनि उनकै कार्यकालमा महाअभियोग लागेको थियो । तर, त्यस प्रस्तावलाई स्विकार भने भएको थिएन् । कार्यकाल सकिएपनि ट्रम्प विरुद्ध अझैं अमेरिकी सिनेटमा महाअभियोगको मुद्दा लागेको छ, जसको उनले सामना गरिरहेका छन् । तर, महाअभियोेग पुष्टि हुनु अघि नै उनको कार्यकाल सकिएको हुँदा यसले राष्ट्रपति पदबाट उनी हटिसकेको बेला केही प्रभाव पार्न नसक्ने पनि केही विश्लेषकहरुले बताएका छन् । यदि सिनेटले ट्रम्पलाई दोषी साबित गरेमा ट्रम्पलाई पेन्सिनबाट वञ्चित गराउनका लागि पनि दोस्रो चरणको भोटिङ जरुरी हुने युनिभर्सिर्टी अफ नर्थ क्यारोलिननाका कानून प्रध्यापक माइकल गेरहार्डट्ले बताएका छन् । दोस्रो भोटिङले उनलाई ‘पूर्व राष्ट्रपति’ पदबाट हटाउनेछ । तर, यसपछि पनि उनले पाउने सेवा सुविधा बारेमा के हुने भन्ने बारेमा भने स्पष्ट धारणा देखिएको छैन । कतिपयले दोस्रो भोटले पनि ट्रम्पलाई उक्त सुविधाबाट वञ्चित गर्न सम्भव हुने त कतिपयले सम्भव नहुने तर्क राखेका छन् । पूर्व राष्ट्रपति भएका नाताले ट्रम्पले पेन्सनका अलावा यात्रा भत्ता, कार्यालय र कर्मचारीको तलब गरेर वार्षिक १० लाख डलर पाउँछन् । अमेरिकाको राष्ट्रिय करदाता संघ युनियन फाउन्डेसनले गरेको विश्लेषण अनुसार सन् २००० पछि चारजना जीवित पूर्व राष्ट्रपतिहरूलाई ५६ मिलियन डरल बराबरको सेवा/सुविधा उपलब्ध गराइएको थियो । राष्ट्रपतिहरुका लागि गरिने खर्चमा सबैभन्दा बढी महंगो कार्यालय भाडा पर्छ । पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज बुस र बराक ओबामा प्रत्येकले गत वर्ष कार्यालय भाडाका लागि भनेर ५ लाख डलर प्राप्त गरेका थिए । यद्यपी ट्रम्पलाई पेन्सन र भत्ता पाए वा नपाएपनि केही फरक भने पर्दैन । राष्ट्रपति भएपछि उनले ४ लाख डरल बराबरको वार्षिक तलब पनि अन्य सरकारी निकायलाई दिएको उनकै सचिवालयले जनाएको थियो । एजेन्सीको सहयोगमा