NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

कर्मचारीमा भ्रष्टाचार बढ्यो : २३ जना उपसचिव र ७८ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

काठमाडौँ । एक बर्षमा अख्तियारले दर्ता गरेको मुद्धाको तथ्यांकले सार्वजनिक प्रशासनभित्र भ्रष्टाचार मौलाएको देखाएको छ । एक बर्षमा अख्तियारले ३ सय ४१ जना कर्मचारीहरु विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको हो । त्यसमध्ये सबैभन्दा धेरै भ्रष्टाचारमा संलग्न कर्मचारीहरुमा प्रशासन समूहका कर्मचारी रहेको तथ्यांकले देखाएको छ । कुल ३ सय ४१ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गर्दा प्रशासन समूहका मात्र १०४ जना कर्मचारी थिए । त्यसमध्ये एक जना सचिवस्तरका कर्मचारी बिरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्धा दर्ता गरेको थियो । प्राविधिक समूहका ८८ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको थियो । २३ जना उपसचिवलाई भ्रष्टाचार मुद्धा सार्वजनिक प्रशासनमा सम्भावना रहेका २३ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भयो । घुस लेनदेनमा संलग्न भएको ठहर सहित उनीहरु विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको हो ।सार्वजनिक प्रशासनमा उपसचिव तहको कर्मचारीको पद सफलताको उच्च सम्भावना भएको पदका रुपमा लिइन्छ । तर त्यस्ता अवस्थाका उपसचिवहरु घुस लेनदेनमा संलग्न भइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको थियो । यसरी भ्रष्टाचारमा संलग्न रहने २३ उपसचिवहरुमध्ये गत बर्षमात्र १३ जना उपसचिव विरुद्ध मुद्धा दर्ता भयो । प्राविधिक समूहका १० जना उपसचिव विरुद्ध पनि भ्रष्टाचार विरुद्धको मुद्धा दर्ता भएको थियो । अख्तियारले शाखा अधिकृतस्तरका ७८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता ग¥यो । त्यस्ता अधिकृतहरुमध्ये ठूलो संख्यामा प्राविधिक समूहका अधिकृतहरु विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको हो । भ्रष्टाचार मुद्धा खेप्ने अधिकृतस्तरका कर्मचारीहरुमध्ये प्राविधिकतर्फ ४० जना कर्मचारी थिए । प्रशासन समूहका २४ जना अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको थियो । गत बर्ष अधिकृतस्तरका १४ प्रहरी र शिक्षक विरुद्ध पनि भ्रष्टाचार मुद्धा दर्ता भएको थियो । संख्याको आधारमा भ्रष्टाचारमा संलग्न हुनेहरुमा नायवसुब्बा तहका कर्मचारीको संख्या सबैभन्दा धेरै रहेको छ । गतबर्ष सुब्बा तहका ७९ जना कर्मचारी भ्रष्टाचारमा संलग्न भएका थिए । उनीहरु विरुद्ध अख्तियारले मुद्धा चलाएको थियो । यसरी भ्रष्टाचारमा संलग्न हुने सुब्बाहरुमध्ये प्रशासन समूहका ३८ जना र प्राविधिक समूहका २८ कर्मचारी थिए । यस्तै सुब्बा सरहमा ११ प्रहरी र २ जना शिक्षक विरुद्ध पनि भ्रष्टाचार मुद्धा दर्ता भएको थियो । अख्तियारले खरिदार वा सो सरहका ३१ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा लगेको थिए । त्यसमध्ये १७ जना प्रशासन समूहका थिए । प्राविधिक समूहका ४ जना, प्रहरीका ९ र शिक्षकतर्फ १ जना थिए । यस्तै अख्तियारले गतबर्ष सहायक कर्मचारी स्तरका ४५ जना विरुद्ध भ्रष्टाचार मुद्धा लगेको थियो । त्यसमध्ये सबैभन्दा धेरै संख्या प्रहरीको छ । अख्तियारले गतबर्ष २८ जना सहायक कर्मचारी स्तरका प्रहरी विरुद्ध मुद्धा लगेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष