NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

चीनले नेपाललाई तीन लाख कोरोना खोप दिने

काठमाडौँ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख ५० हजार जनालाई पुग्ने गरी ३ लाख डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको हो । चीनले आफ्नो सरकारी औषधी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । यो भ्याक्सिन विभिन्न देशमा गरी अहिलेसम्म २ करोड ४० लाख जनाले प्रयोग गरेको चिनियाँ दूतावासले जनाएको छ । दूतावासले सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको दावी गरेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको समेत दूतावासको दाबी छ । यूएई, ईजिप्ट, हंगेरी, पाकिस्तानलगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ । औषधि व्यवस्था विभागले भने नेपालमा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई मात्रै ससर्त आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष