१२ कक्षाको नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । आइतबार बोर्ड बैठकले सोमबार नतिजा सार्वजनिक गरेको हो । वैशाखमा कोरोनाको कारण हुन नसकेको मंसिरमा भएके परीक्षामा कुल ४ लाख ३२ हजार ५ सय परिक्षार्थी सहभागी थिए । परीक्षाामा ढिलाई भएपछि छिटो परीक्षाफल सार्वजनिक गर्न विद्यालयकै शिक्षकले परीक्षार्थीको उत्तरपुस्तिकाको जाँच गरेका थिए । विद्यार्थीले प्राप्त गरेको अंक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराइएको थियो । काेराेनाकाे कारण समयमा परीक्षा नभए पछि फरक कार्यविधि अपनाइएकाे थियाे । ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा १२ कक्षा को मूल्यांकन गर्ने निर्णय कार्यविधिले गरेको थियो ।
प्रतिक्रिया