NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

एनआईसी लघुवित्तद्वारा पहिलो त्रैमासमा ८ अर्ब ५५ करोड कर्जा लगानी

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५५ करोड कर्जा लगानी गरेको जनाएको छ । संस्थाले २०७७७८ को दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन गर्दै दोश्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ८ अर्ब ५५ करोड पुर्‌याउन सफल भएको जनाएको हाे । बचत संकलन तर्फ रू. १ अर्ब ४ करोड पुर्‌याउन वित्तीय संस्था सफल भएको संस्थाद्वारा विज्ञप्तिमा उल्लेख छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको जनाएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.९६ % र प्रतिशेयर आम्दानी रु २१.५९ रहेको छ । त्यसैगरी संस्थाले दोश्रो त्रमासमा खुद नाफा १५.९७ करोड आर्जन गरेको संस्थाले जनाएको छ । यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्नेगाभिने (मर्जर) गर्ने सम्बन्धीअन्तिम समझौतापत्रमा मिति २०७७०९१० मा हस्ताक्षर गरिसकेको छ । गाभ्नेगाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सनप्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने संस्थाको भनाई छ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकटपहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालभरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाकोबनेपामा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालको कर्पोरेट कार्यालय रहेको छ । यो राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो ।

ताजा अपडेट

नेपालवाच विशेष