नुवाकोटमा उपप्रधानमन्त्री पोखरेललाई प्रचण्ड–नेपाल समूहको अवरोध

काठमाडौं । उपप्रधानमन्त्री ईश्वार पोखरेललाई नुवाकोटमा नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले अवरोध गरेका छन् । कार्यकर्ता भेलाको कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका पोखरेललाई प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले अवरोध गरेका हुन् । उनीहरुले पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार समेत गरेका थिए, तर पोखरेलको गाडीमा नभइ नजिकै राखिएको अर्को गाडीमा क्षती भएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरीले बलको प्रयोग गरेकाले तीन जना प्रदर्शनकारीहरु घाइते समेत भएका छन् ।
प्रतिक्रिया