NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

विरोध प्रदर्शनका सहभागीलाई देउवाको बधाई

काठमाडौं । संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध कांग्रेसको १३ वटा भ्रातृ संस्थाले गरेको आन्दोलनमा सहभागीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । सोमबार ७७ वटै जिल्लाहरुमा व्यापक सहभागिता साथ सफलतापूर्वक विरोध कार्यक्रम सम्पन्न भएको देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रदर्शनमा सहभागी सबै दिदीबहिनी—दाजुभाइमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु । प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने भ्रातृ संघका साथीहरू संगै पार्टीको सबै तहका आदरणीय साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु ।’ केन्द्रीय समितिको निर्णय अनुसार सोमबार ७७ वटै जिल्लामा कांग्रेसका १३ भ्रातृ संस्थाले विरोध प्रदर्शन गरेका हुन् । २४ माघमा कांग्रेसका सबै शुभेच्छुक संस्थाले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै, ३ माघमा ७७ वटै जिल्ला कार्यसमितिले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दैछन् ।

ताजा अपडेट

नेपालवाच विशेष