२२–० गोलले एपिएफले जित्दा सावित्रा एक्लैको १२ गोल

काठमाडौं । राष्ट्रिय महिला लिगमा एपिएफले २२–० गोल अन्तरको जित निकालेको छ । एपीएफले चौदण्डीगढी नगरपालिका उदयपुरलाई फराकिलो अन्तरले हराउँदा राष्ट्रिय खेलाडी सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । त्यस्तै, अनु लामाले ५ गोल गर्दा अनिता बस्नेतले ह्याट्रिक गरिन् । सरु लिम्बु र रेनुका नगरकोटीले ११ गोल गरे । फराकिलो जित निकाल्ने क्रममा एपीएफले पहिलो हाफमा १२ र दोस्रो हाफमा १० गोल गर्यो । जितसँगै अपराजित एपीएफले ६ खेल खेल्दै १८ अंक जोडेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एपीएफभन्दा ८ अंकले पछाडि छ ।
प्रतिक्रिया