१० लाख जनताद्वारा बालुवाटार र सिंहदरबार घेर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० जनता लिएर बालुवाटार र सिंहदबार घेराउन गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीले काठमाडौंमा गरेका विरोधसभामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको यस्तै रवैयाँ रहे १० लाख जनता ल्याएर सिंहदरबार र बालुवाटार घेराउन गर्ने चेतावनी दिएका हुन् । ‘सभा कस्तो हुन्छ ? भीड कस्तो हुन्छ यो सभालाई हेर्नुहोस् । जनमतलाई बेवास्ता गर्ने काम नहाेस् ।ओलीजी १० लाख जनता लिएर बालुवाटार र सिंहरदबार घेर्न आउन नपरोस्’ प्रचण्डले भने, ‘यो लडाई हामीले जित्नुपर्छ । जित्छौं । ओलीको नौटंगीको चुनाव हुनेवाला छैन । कोही भ्रममा नपारौं ।’ प्रचण्डले संवैधानिक निकायमा पुगेकाले खेलाँची सम्झिए देश र जनताले दुःख पाउने भन्दै खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । ‘संवैधानिक निकयामा पुगेकाले खेलाची ठाने र देश र जनताले दुःख पाउँछन् । अदालतप्रति भरोषा छ । त्यसैले छिटो गर्नुस् भनेका हौं । निर्वाचन आयोग खुट्टा नकमाउ, काइते र ठगीधन्दाको पछि लाग्ने ? निंरकुशताको पछि लाग्ने ? लोकतन्त्र विरुद्धका काममा जनताले सहदैनन्’ प्रचण्डले भने, ‘आयोगले गतिलो लक्षण देखाएको छैन । ७० प्रतिशत मत भएका हामीले १० दिन पनि नपुगी निर्वाचन आयोग पुगेर आग्रह गर्यौं । तर, त्यसलाई हिसाब नगर्ने, ओलीले धम्क्याउदा त्यसलाई मात्रै हिसाब गर्ने ? यस्तै हो भने तपाईंहरुको पनि खुट्टी देखिन्छ ।’
प्रतिक्रिया