पेट्रोलियम पर्दाथको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले बुधबार राती १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको हो । तीनै प्रकारको पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर २ रूपैयाँका दरले बृद्धि गरेको हो । सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पर्नेछ । यस्तै निगमले खाना पकाउने ग्याँसको मूल्य पनि बृद्धि गरेको छ । निगमले एल पी ग्याँसको प्रतिशिलिण्डर २५ रुपैँयाका दरले मूल्य बृद्धि गरेको हो । भोलीबाट बजारमा प्रतिशिलिण्डर खाना पकाउने ग्याँसको मूल्य १४०० पुग्नेछ ।
प्रतिक्रिया