NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

म्यानमारमा ‘कू’ गर्ने सैन्य नेतृत्वविरुद्ध कारबाही गर्दै अमेरिका

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारको सैन्य नेतृत्वविरुद्ध कारबाही गर्ने भएका छन । बाइडेनले बताएअनुसार अमेरिकाले म्यानमारमा भएको कू गर्ने सैनिक नेतृत्वको विरुद्धमा कारबाही गर्न लागेको हो । बाइडेनले भने, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जसले कु गर्ने सैन्य नेतृत्वमाथि तुरुन्तै प्रतिबन्ध लगाउँछ । उनीहरु व्यापारिक हिसाबले पनि प्रतिबन्धमा आउनेछन् । उनीहरुको परिवारका सदस्यलाई पनि प्रतिबन्ध हुन सक्नेछ ।’ उनका अनुसार यहि हप्ता प्रतिबन्धको पहिलो चरणको रुपमा म्यानमारको सैनिक नेतृत्वमा रहेकाअनुसार संकेत गरिनेछ, जसविरुद्ध अमेरिकाले कारबाही थाल्नेछ । सँगै अमेरिकाले म्यानमारको लागि निर्यातमा नियन्त्रणसँगै आवश्यकताअनुसार अन्य कुरामा पनि प्रतिबन्ध लगाउनेछ । बाइडेनले भने, ‘म आज एकपटक फेरि बर्माको सेनालाई आङ सान सूकीसहित लोकतान्त्रिक राजनीतिका नेता र कार्यकर्ताहरुलाई तुरुन्त रिहा गर्न माग गर्छु ।’ सँगै, बाइडेनले सेनाले म्यानमारको सत्ता पनि छाडनुपर्ने बताएका छन ।