NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

‘बलात्कार नदेख्ने सरकारले : बन्दुक तेर्स्यायो जेल देखाएर नागरिक तर्सायो’

काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले हिंसा र बलात्कार नदेख्ने सरकारले बोलेकै भरमा बन्दुक तेस्र्याएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै पौडेलले बोलेकै भरमा पक्राउ गरिएकी रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न माग गरेका हुन् । ‘फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन । बोलेकै भरमा बन्दुक तेर्साउछ । टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँछ’ उनले लेखेका छन्, ‘हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ । सबै बोल्न पाउँछन् । राम कुमारी झाँक्रीलाई बिना सर्त रिहा गर ।’