NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

साढे पाँच घण्टा प्रहरी हिरासतमा बसेपछि नेकपा नेता रामकुमारी झाँक्री रिहा

काठमाडौं । राज्य विरुद्ध कसुर गरेको आरोपमा पक्राउ परेकी नेकपा नेता रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । पक्राउ गरेकाे साढे पाँच घण्टापछि उनी रिहा भएकी हुन् । प्रहरीले सामान्य सोधपुछ गरेर उनलाई रिहा गरेको हो । उनले गोरखामा राष्ट्रपति विरुद्ध अनर्गल बोलेको भन्दै पक्राउको लागि दबाब बढेको थियो । तर, राज्यविरुद्ध कसुर भने पनि उनलाई लगाइएको आरोप कानूनसम्मत नभएको भन्दै पक्राउ लगत्तदेखि टिकाटिप्पणी भएको थियो । २९ माघ दिउसाे १ बजेतिर पक्राउ परेकी उनलाई प्रहरी अपराध महाशाखा बानेश्वरमा साढे पाँच घण्टा राखेर रिहा गरिएको हो । अभिव्यक्ति दिएकै कारण उनलाई पक्राउ गरिएको भन्दै रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दर्ता भएको थियो । रिटको पेशी आगामी आइतबारलाई तोकिएको थियो । तर, प्रहरीले सामान्य सोधपुछ गरेर झाँक्रीलाई रिहाइ गरेको हो । उनलाई पक्राउ गरेलगत्तै नेकपा, कांग्रेससहितका राजनीतिक दलले बोलेको आधारमा पक्राउ गर्नु अधिनायकवादी शैली रहेको भन्दै विनाशर्त रिहाईको माग गरेका थिए । झाँक्रीको रिहाइकोमा गर्दै नेकपाका युवा विद्यार्थीहरुले माइतीघरदेखि बानेश्वरसम्म सडकमा प्रदर्शन गरेका थिए । उनलाई सुरुमा सादा पोशाकका प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेका थिए । तर, उनले पक्राउ पूर्जी नभइ गिरफ्तारी नदिने अडान लिएपछि प्रहरीले पुनः पक्राउ पूर्जी दिएपछि उनलाई महाशाखा पुर्याइएको थियो ।