चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा टेलिकमको नाफा ४५ करोड भन्दा बढी

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४५ करोड भन्दा बढी नाफा कमाएको छ । आर्थिक वर्ष २०७७०७८ को दोस्रो त्रैमासिकमा टेलिकमले ४५ करोड ४२ लाख ३३ हजार ४ सय २१ रुपैयाँ मुनाफा कमाएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा टेलिकमको आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ रहेको थियो । त्यसमा ४५ करोड ४२ लाख ३३ हजार ४ सय २१ रुपैयाँले वृदि भइ टेलिकमको यो आवको आय ९ अर्ब आठ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा झण्डै १८ अर्ब कम राजस्व तर यो संख्या गत वर्षको सोही समयको तुलनामा भने भण्डै १८ अर्बले कमी आएको छ । गत आर्थिक वर्ष २०७६०७७ को द्वितीय त्रैमासिकमा कूल सेवावापत टेलिकमले १८ अर्ब तीन करोड ९५ लाख ७६ हजार ८० को आय गरेको थियो । यसको तुलनामा चालु आर्थिक वर्षमा १.७४ प्रतिशतले कमी आएको टेलिकमले जनाएको छ । झण्डै २ प्रतिशतले आयमा कमी आउनुसँगै पोहोरको तुललनामा टेलिकमको आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार ५ सय ३ ले कमी आएको छ । कोरोनाका कारण राजस्व उठेन कोरोना महामारी असरका कारण व्यापार व्यवसायमा कमी आउँदा आय घटेको टेलिकमले जनाएको छ । कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीले निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराएको र जिएसएम सेवातर्फ अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा डाटा प्रयोग गर्ने बढेपनि राजस्वमा कमी आएको टेलिकमको ठहर छ । कोरोना महामारीकै कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लाग्दा अन्तर्राष्ट्रिय रोमिङ सेवामा गिरावट आएको र ओटिटिको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय सेवामा भारी गिरावट आएका कारण गत वर्षको तुलनामा फाइदा नभएको टेलिकमले जनाएको छ । यसका अतिरिक्त वाह्य श्रोताबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभारमा भएको खर्च वृद्धि तथा विदेशी मुद्रा सटही दरमा आएको परिवर्तनका कारण पनि व्यवभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया