पश्चिमी वायुको प्रभाव, हावाहुरीसहित वर्षाको सम्भावना

मुलुकका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण शुक्रबार दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना छ। शुक्रबार राति देशभरी आंशिकदेखि सामान्य बदली रहने छ। राति पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया