NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

छापामा आज : दोस्रो खेप खाेप दिन सेरमको आनाकानी, भाषा परीक्षा उत्तीर्णसहित १२ हजार नेपाली काेरिया जान पाएनन्

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले फरकफरक विषयलाई प्राथमिकता दिएका छन्। नयाँ पत्रिकाले ‘न्यायमा विलम्ब : सर्वोच्चमा २५ हजार मुद्दा फैसलाको प्रतीक्षामा’ शीर्षकमा मुख्य समाचार छापेको छ। जसमा भनिएको छ, ‘सर्वोच्चमा औसत दैनिक ३२ मुद्दा दर्ता हुन्छन्, फर्स्योट ३० को मात्रै हुन्छ । यस हिसाबले पैmसला हुन बाँकी मुद्दाको संख्या घट्नुको सट्टा हरेक वर्ष बढ्दो छ । अधिकांश मुद्दा जिल्ला र उच्च अदालतबाटै किनारा लगाउने तथा पुनरावलोकनको अनुमति भए मात्र सर्वोच्चमा आउन पाउने व्यवस्था गर्न सुझाव ।’ कान्तिपुर दैनिकले ‘१२ हजार नेपाली कोरिया जान पाएनन्’ शीर्षकमा मुख्य समाचार छापेको छ। कान्तिपुर लेख्छ, ‘सुरूमा नेपालले नपठाउँदा र पछि कोरियाले नलिँदा भाषा परीक्षामा उत्तीर्ण १० हजार ५ सय ५ र ‘प्रतिबद्ध कामदार’ करिब २ हजार अलपत्र परेका हुन्’ अन्नपूर्ण पोस्टले ‘सत्ता साझेदारीमा एमाले–जसपा ‘सकारात्मक’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको छ। जसमा भनिएको छ, ‘सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी ९जसपा० बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो। जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए।’ नागरिक दैनिकले ‘दोस्रो खेप दिन सेरमको आनाकानी’ शीर्षकमा मुख्य समाचार छापेको छ। ‘भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो। भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो। सेरमले मार्च ३ मा स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ। सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ,’ नागरिकले लेखेको छ। गोरखापत्रले ‘माथिल्लो तामाकोसीको बिजुली’ शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ। समाचारमा भनिएको छ, ‘सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ । दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको यो आयोजना पूर्ण स्वदेशी लगानीमा तयार हुँदैछ ।’