NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

ब्यूँतिए पश्चात एमालेको केन्द्रीय कमिटीकाे पहिलो बैठक १ चैतमा

नेकपा खारेजसँगै ब्यूँतिएको नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक १ चैतमा बस्ने भएको छ। एमाले सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार नयाँ परिस्थितिबारे छलफल र समीक्षा गर्न बैठक तय गरिएको हो। ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएकामा २३ फागुनमा सर्वोच्च अदालतले नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएपछि ती दुवै पार्टी ब्युँतिएका थिए। यद्यपि, एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी दाबी गरे।

ताजा अपडेट

नेपालवाच विशेष