NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

विप्लवका १० कार्यकर्ता अझै हिरासतमा

सरकार र नेकपा विप्लवबीच हिरासतमा राखिएका नेता कार्यकर्ता रिहाइ गर्ने सहमति भएको एक साता बितिसकेको छ । सबै जिल्लाका हिरासतमा रहेका नेता कार्यकता रिहा भए पनि संखुवासभामा अझै १० जना छुट्न सकेका छैनन् । सरकार र विप्लवबीच सहमति भएपछि गृहमन्त्रालयले सबै जिल्ला प्रशासनलाई राजनैतिक मुद्दामा थुनिएका विप्लवका कार्यकर्ता रिहाइ गर्न सर्कुलर जारी गरेको थियो । तर, पत्र नआएको भन्दै खाँदबारी कारागारमा रहेका नेता कार्यकर्ता छुट्न नसकेका हुन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन् । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् । सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए ।