किन हुन्छ पेट्रोलियम पदार्थको मूल्यमा घटबढ, आयल निगमको भूमिका कस्तो ? [भिडियो]

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ। नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेल पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताउँछन्।आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण श्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने उनको भनाइ छ। डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने उनले जनाए। बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने उनले बताए । आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवबस्था नरहेको पनि उनले स्पष्ट पारे। प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले अन्य देशम मूल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाइ छ। ‘यो मूल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनैपनि पोइन्टमा आएर चाहिँ ठूलो लेभलको मूल्य समायोजन गर्ने परिस्थिति हुन्छ’, उनले भने। हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ र खाना पकाउने एल पी ग्याँसको मूल्य १४ सय रुपैयाँ कायम गरेको छ।
प्रतिक्रिया