NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

जसपासँग वार्ताअघि कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

शुक्रबार दिउँसो ४ बजे जनता समाजवादी पार्टीसँग बैठक राखेको कांग्रेसले त्यसअघि पदाधिकारी बैठक डाकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले जसपासँग छलफल गर्नुअघि ३ बजे पदाधिकारी बैठक बोलाएका छन् । जसपासँग सत्ता समीकरणबारे कस्तो छलफल गर्ने भन्ने विषयमा पदाधिकारी बैठक बोलाएको कांग्रेसले जनाएको छ । शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएपछि यता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफूपक्षका नेताको भेला गरेका छन् । यता देउवा समूहका नेताहरु पनि आन्तरिक छलफलमा बसेका छन् । बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ । शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पौडेलसहित नेताहरूले भेला गरेका हुन् । पदाधिकारी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पौडेल पक्षबीचमा छलफल भएको छ । रामचन्द्र पौडेलसहित नेताहरुले छलफल गरेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताको सहभागिता थियो । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत काम गरिरहेकोले कांग्रेसले कडा ढंगले विरोध गरेर जानुपर्ने निश्कर्ष निकालेका छन् । सरकारले संसदमा पेश गरेका संवैधानिक परिषदलगायत विधेयकमाथि कांग्रेसले आपत्ति जनाउँदै फिर्ता लिन आग्रह गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष