बालुवाटारमा ओलीनिकट केन्द्रीय सदस्यको भेला

चैत्र १ गते नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर, त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको ओली निकट एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए । आइतबारको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आज आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।
प्रतिक्रिया