NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

माधव नेपाल पक्षको जिम्मेवारी खोस्दै ओलीले गरे मंसिरमा एमालेको महाधिवेशन गर्ने घोषणा

एमाले अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गरी मंसिरमा महाधिवेशन तोकेका छन् । आफ्नो पक्षको मात्रै केन्द्रीय समितिको बैठक बोलाएर ओलीले मंसिर २ देखि ६ सम्म १० औं महाधिवेशन घोषणा गर्दै महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेका हुन् । ओलीले माधव नेपाल पक्षका नेताकाे जिम्मेवारी खाेसेका छन् । प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, गण्डकीको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी इन्चार्जमा शंकर पोखरेल, कर्णालीका इन्चार्जमा मणि थापा र सुदूरपश्चिमको इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । यस अघि कर्णालीमा माधव नेपाल पक्षका युवराज ज्ञवाली इन्चार्ज थिए । सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाउँदै लेखराज भट्टलाई बनाइएको छ । यस अघि विदेश विभाग प्रमुख रहेका माधव नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्ति गरिएको छ ।