NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

नेपालमा पहिलो पटक यूरेनियम तस्कर पक्राउ

काठमाडौँ । प्रहरीले दुई केजी यूरेनियम सहित चार जनालाई पक्राउ गरेको छ । नेपालमै पहिलो पटक यूरेनियम तस्करीमा संलग्नलाई पक्राउ गरिएको हो । युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको टोलीले पक्राउ गरेको हो । उनीहरूलाई बौद्धबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रामेछाप लिखुका नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोरका प्रकाश चौहन र सिन्धुली, सुनकोशीका मनोज न्यौपाने छन् ।