NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

महामारीपछि पहिलो पटक खुल्दै सगरमाथा आरोहण, तीन सय जनाले आरोहण गर्ने अनुमान

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गत मार्चबाट बन्द भएको सगरमाथा आरोहण आउँदो अप्रिलबाट खुल्ने भएको छ । बसन्तकालीन आरोहणका लागि करिब तीन सय जनाले सगरमाथा आरोहण गर्ने जनाइएको छ । नेपाल पर्यटन विभागले गरेको प्रारम्भिक अध्ययन अनुसार बसन्तकालीन आरोहणमा ३ सय जना जति आरोही हुन सक्ने अनुमान गरिएको छ । विभागकी निर्देशक मीरा आचार्यका अनुसार सन् २०१९ को बसन्तकालीन आरोहणमा ३ सय ८१ जनाले सगरमाथा आरोहण गरेका थिए । सोही तथ्यांंकअनुरुप विभागले आरोहीको अनुमानित संख्या निकालेको हो । आरोहण खुलेसँगै अब पिसिआर नेगेटिभ रिर्पोट र सात दिन क्वारेन्टिन बसेपछि सगरमाथा आरोहणका लागि पर्यटकहरू जान सक्नेछन् । यसपटक आरोहणका लागि पुरानै मापदण्डलाई व्याख्या पनि गरिएको निर्देशक आर्चाले बताइन् । जसअनुसार कुनै पनि आरोही दल तथा दलका समस्यले आफ्नोबाहेक अन्य दलको फोटो/भिडियो खिच्न तथा प्रशारण गर्न पाउने छैनन् । यो मापदण्ड पहिला पनि भए पनि आरोही टोलीले ख्याल नगर्दा समस्या आइपरेको थियो । किर्तीमानी आरोही निर्मल पुर्जाले केही समयअघि सामाजिक सञ्जालमा सगरमाथाको शिखरमा ‘ट्राफिक जाम’ देखिएको तस्विर पोष्ट गरे । पछि अन्य आरोहीले पनि भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको थियो । यस्ता किसिमका तस्बिर तथा भिडियो सम्प्रेशण गर्नका लागि अनुमति लिनुपर्ने नियम पहिल्यैदेखि भए पनि कतिले अनभिज्ञता जनाएको हुँदा यसपटक थप व्याख्या गरिएको निर्देशक आचार्यले बताइन् ।