NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

केपी ओलीलाई सफल हुन दिइनेछैनः भुसाल

नेकपा एमाले माधव नेपाल समूहका नेता घनश्याम भुसालले कुनै पनि हालतमा केपी शर्मा ओलीलाई सफल हुन नदिने बताएका छन् । ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विघटन गर्न खोजेको भन्दै कुनै हालतमा उनलाई सफल हुन नदिने बताएका छन् । माधव नेपाल समूहका सबै नेताको जिम्मेवारी खोस्दै नयाँ नेतालाई जिम्मेवारी दिएपछि सामाजिक सञ्जालमा आक्रोश पोख्दै नेता भुसालले कुनै हालतमा केपी ओलीको मनसाय सफल हुन नदिने जिकिर गरेका हुन् । उनले भनेका छन्, ‘उहाँले कम्युनिस्ठ आन्दोलनलाई विघटन गर्ने मनसाय देखाइहाल्नुभयो । तर, कुनै हालतमा आन्दोलनलाई विघटन हुन दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’ आफूले केही वर्षदेखि नै ओलीको सामथ्र्यले भ्याएसम्म कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु नै भएको दावी गर्दै आएकोमा आजको निर्णयले पुष्टि पनि भएको बताएका छन् । ‘केही वर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म वहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँहाँले त्यही गर्दै आउनु भएको छ ।’ आजको निर्णयले ओलीप्रति रहेको भ्रमबाट पनि आफू मुक्त भएको भन्दै ओलीलाई त्यसका लागि धन्यवाद दिएका छन् । ‘आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि वहॉलाई धन्यवाद छ ।’