माओवादीका ६ मन्त्री र १२ सांसदसहित २३ जना एमालेमा ( नामसहित)

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटिमा मनोनित भएका माओवादी नेताहरुमा ६ मन्त्री, १२ सांसद सहित २३ जना रहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उनीहरुलाई एमालेको केन्द्रीय कमिटिमा मनोनित गरेका हुन् । एमाले केन्द्रीय समितिमा मनोनित हुनेहरुमध्ये राष्ट्रिय सभाका सांसद समेत रहेका रामबहादुर थापा ‘बादल’ र चन्द्रबहादुर खड्का रहेका छन् । यस्तै प्रतिनिधि सभाका सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझि, गौरीशंकर चौधरी र प्रभु साह पनि एमालेको केन्द्रीय समितिमा मनोनित भएका छन् । अध्यक्ष ओलीले लेखराज भट्टलाई सुदुरपश्चिम इञ्चार्ज, टोपबहादुर रायमाझिलाई जनवर्गीय संगठनको इञ्चार्ज र प्रभु साहलाई प्रदेश नं २ को अध्यक्षको जिम्मेवारी दिएकाछन् । यस्तै खानेपानी मन्त्री मणि थापालाई लुम्बिनी प्रदेशको सहइञ्चार्ज बनाएका छन् । माओवादी केन्द्रको प्रदेश सांसद रहेर एमाले प्रदेश गर्नेहरुमा प्रदेश नं १ का सांसद टंक आङबुहाङ , प्रदेश नं २ का सांसद ज्वाला साह, लुम्बिनी प्रदेश सांसद दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णाली प्रदेशका माओवादी सांसदहरु धर्मराज रेग्मी र डम्बर विष्ट एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेसँगै माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा चिन्हबाट चुनाव लडेका उनीहरुको सांसद पद धरापमा परेको छ । कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले सांसद पद खारेज हुने स्थिती जानकारी हुँदाहुँदै प्रचण्डलाई साथ दिन नसकिने बताए । नेकपा माओवादी केन्द्र छाडेका कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई एमाले कर्णालीको सचिव पद उपहार दिइएको छ । यि हुन् एमाले प्रवेश गर्ने माओवादी मन्त्री तथा सांसदहरु १) रामबहादुर थापा – राष्ट्रियसभा सदस्य /मन्त्री२) टोपबहादुर रायमाझी – मन्त्री / प्रतिनिधि सभा सांसद३) लेखराज भट्ट – मन्त्री / प्रतिनिधि सभा सांसद४) मणिचन्द्र थापा – मन्त्री५) प्रभु साह – मन्त्री / प्रतिनिधि सभा सांसद६) टंक आङबुहाङ – प्रदेश नं १, सांसद७) पासाङ शेर्पा – केन्द्रीय सदस्य८) ज्वाला साह – प्रदेश नं २, सांसद९) टेकबहादुर बलामी – के.स.१०) कमल जंग –– के.स.११) मनोज थापा– के.स.१२) विषमलाल अधिकारी – के.स.१३) लिलाबहादुर थापा – के.स.१४) दधिराम न्यौपाने – लुम्बिनी प्रदेश सांसद१५) दिनेश पन्थी – लुम्बिनी प्रदेश सांसद१६) नवीन रोका – के.स.१७) धर्मराज रेग्मी – कर्णाली प्रदेश सांसद१८) डम्बर विष्ट – कर्णाली प्रदेश सांसद१९) गौरीशंकर थारु – मन्त्री / प्रतिनिधि सभा सांसद२०) झपट बोहरा – के.स.२१) दावा लामा – मन्त्री/ के.स.२२) चन्द्रबहादुर खड्का – राष्ट्रियसभा सदस्य, अर्घखाँची२३) गिरधरी लाल – के.स.
प्रतिक्रिया