NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

कर, महशुल र व्याजदर घटाउन सरकारसमक्ष व्यवसायीको आग्रह

काठमाडौं । करकोे दर, विद्युत् महशुल र बैंक व्याजदर घटाउन सरकारलाई व्यवसायीहरुले आग्रह गरेका छन् । वीरगञ्जमा आज आयोजित वीरगञ्ज उद्योग वाणिज्य संंघको ४५औं साधारणसभाका वक्ताहरुले सरकारसँग यस्तो आग्रह गरेका हुन् । कोरोना महामारीका कारण थलापरेको अर्थतन्त्रलाई उकास्न सरकारले व्यापारमैत्री नीति ल्याउनसमेत उद्योग व्यवसायीले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण खुम्चिँदै गएको अर्थतन्त्रलाई उकास्न तीनै तहको सरकारले व्यपारमैत्री कानून निर्माण आवश्यक रहेको धारणा व्यक्त गरे । उनले संघ, प्रदेश र स्थानीय सरकारले विदेश लगानी आकर्षित गर्ने नीति ल्याउन माग समेत गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सांसद ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघ प्रदेश नं. २ का अध्यक्ष गणेश लाठ, प्रदेश उपाध्यक्ष आशोक बैधलगायतका वक्ताहरुले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धायोग्य नबनाएसम्म अर्थतन्त्रलाई बलियो बनाउन नसकिने विचार व्यक्त गरेका थिए । कार्यक्रममा व्यतित्व तथा संघसंस्थालाई संघले सम्मान समेत गरेको थियो । पत्रकारिताको माध्यमले अर्थतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण योगदान दिने वरिष्ठ पत्रकार कन्हैयालाल केशरी, क्रान्ति साह, तुलसी भण्डारीलाई संघले नगद पुरुस्कारसहित सम्मान गरेको थियो।