एमालेमा नेपाल–खनालले छुट्टै संगठन बनाउने निर्णय

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुरमार नेपाल र झलनाथ खनालले पार्टीभित्र अध्यक्ष ओलीको एकलौटी बढेको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकटका केन्द्रीय कमिटी सदस्यहरुको भेला गर्दै पार्टीको प्रदेशस्थित इन्चार्ज हेरफेर गरेपछि नेपाल खनालले आकस्मिक बैठक राख्दै एमालेभित्र आफूहरुले छुट्टै संगठन बनाउने निर्णय गरेका हुन् । अध्यक्ष ओलीले पार्टीलाई सही दिशामा अघि नबढाएको तकैसहित नेपाल–खनाल समूहले तल्लो कमिटीदेखि नै एमालेको सुदृढ संगठन बनाउने निर्णय गरेको हो । यसअघि बुधबार पनि नेपाल–खनाल समूहले केन्द्रीय कमिटीको बैठक आयोजना गरेको थियो ।सो बैठकमा भने नेताहरुले अध्यक्ष ओलीले आत्मआलोचना गरे आफूहरु पुरानै ढंगमा एमालेमा रहने बताएका थिए । तर शुक्रबार ओलीले एमालेको संगठनमा पलाधिकारी परिवर्तन गरेपछि नेपाल–खनाल समूहले पनि एमाले आफूहरुको अर्को संगठन बनाउने निर्णय गरेको हो । फाइल तस्बिर
प्रतिक्रिया