NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

ओलीले पार्टीको विधान मिच्नुभो : रावल

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान मिचेको दाबी गरेका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता रावलले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै नेपाल–खनाल पक्षले गुनासो गरेको छ । अध्यक्ष ओलीले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै उक्त पक्षका नेता रावलले आपत्ति जनाए । ‘एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौं,’ रावलले भने । ओली पक्षका केन्द्रीय कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । उक्त बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेप्रति पनि नेपाल–खनाल समूहले असन्तुष्टि जनाएको छ ।