माधव नेपाललाई नअत्तालिन शंकर पोखरेलको आग्रह
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले केन्द्रीय समिति विस्तार गर्ने निर्णयबाट नअत्तालिन माधव नेपाल पक्षसँग आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् । उनले माओवादी केन्द्रसँग सम्वद्ध नेताहरुको व्यवस्थापनका लागि त्यस्तो निर्णय स्वभाविक भएको लेखेका छन् । उनले लेखेका छन्, पार्टी एकतासंगै वैचारिक रुपमा ओलीको नेतृत्वमा आवद्ध माओवादी केन्द्रसंग सम्वद्ध नेताहरुको नयाँ परिस्थितिमा व्यवस्थापन जरुरी थियो । नेता पोखरेलले ओली नेतृत्वको नेकपा९एमाले० मा आवद्ध हुन तयार भएका माधव नेपाल समूहको व्यवस्थापनका लागि चैत्र ७ गते वैठक वस्ने बताएका छन् । त्यो वैठक नयाँ परिस्थितिमा आवश्यक निर्णयगरी नयाँ शिरावाट पार्टीएकताको निर्माण गर्न सफल हुने पोखरेलको भनाई छ ।
प्रतिक्रिया