थाहा पाउनुहोस् शनिबारको मौसम
शनिबार बिहान देशका केही स्थानमा हल्का बर्षा भएको छ। पश्चिमी वायुको प्रभावका कारण वर्षा भएकामा दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहने छ। दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। शनिबार राति गण्डकी, बागमती प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्टयाङसहित वर्षाको सम्भावना छ।
प्रतिक्रिया