NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

स्थानीय तहमा कनिष्ठलाई निमित्त दिएमा आर्थिक र प्रशासनिक अधिकार रद्द (यी हुन् ६ आधार )

स्थानीय तहमा कनिष्ठलाई निमिक्तको जिम्मेवारी दिने प्रवृत्ति बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोक्ने प्रयास गरेको छ। ज्येष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठलाई निमित्त दिने क्रम बढ्न थालेपछि मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरेर पालिकाले कनिष्ठ कर्मचारीहरूलाई जिम्मेवारी दिएको मन्त्रालयमा निवेदन प्राप्त भए कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्यहरू रद्द गरी मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिने जानकारी दिएको छ। यसैगरी, दैनिक प्रशासनिक तथा आर्थिक कोरावार सञ्चालन गर्न विभिन्न ६ वटा आधारहरू मन्त्रालयले तय गरेको छ ।