बादललगायत ६ मन्त्रीलाई माओवादीले सरकारबाट फिर्ता बोलायो

पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रबाट मन्त्री बनेकालाई माओवादीले फिर्ता बोलाएको छ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । एमालेमा प्रवेश गरेका मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले आइतबार ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । यस्तै, चैत्र २ गते बोलाएको राष्ट्रिय भेला भने अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया