NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

नेपाल–खनाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

अध्यक्ष केपी ओलीले जिम्मेवारीविहीन बनाएपछि नकेपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटी विस्तार गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो । विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमति प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ। त्यस्तै, युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ। बैठकमा संस्थापन पक्षले कारबाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी गराएका छन् । आजै एमालेका माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्य समेत आउने भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले सात प्रदेशका इन्चार्जसहित पार्टी कामको संयोजन गर्ने भनेर समानान्तर जिम्मेवारी तोकेको हो । नेपाल पक्षले तोकेका इन्चार्ज यसप्रकार छन् प्रदेश १ः भीम आचार्यप्रदेश २ः घनश्याम भुसालवागमतीः अष्टलक्ष्मी शाक्यगण्डकीः सुरेन्द्र पाण्डेलुम्बिनीः कर्णाली स् युवराज ज्ञवालीसुदूरपश्चिमः भीम रावलयुवा इन्चार्जः रघुजी पन्तविद्यार्थीः गोकर्ण विष्टबुद्धिजीवीः प्रमेश हमालप्रचार विभाग प्रमुखः योगेश भट्टराई