NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

काेराेना महामारी चाँडै नियन्त्रण हुने उपराष्ट्रपति पुनको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा कोरोना भाइरसको महामारी चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले भनेका छन्,’बितेका वर्ष हाम्रा लागि सुखद् रहन सकेन । विश्वव्यापी महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन ९बन्दाबन्दी० बीच स्वागत गरिएको २०७७ सालभरि हामीले महामारीको असर भोगिरह्यौँ।’ अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्दै उपराष्ट्रपतिले महामारीकै कारण लाखौँलाख विद्यार्थीले विद्यालयको कक्षाकोठामा पुग्न नपाएको उल्लेख गरेका छन्।