NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

राष्ट्रका नाममा प्रधानमन्त्रीकाे सम्बाेधन : नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्दै गएकाले सचेत रहन आह्वान गरेका छन्। नयाँ वर्ष २०७८ काे अवसरमा बुधबार राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रम ओलीले भने, ‘पहिलाे प्राथिमकता नागरिककाे जीवन रक्षा हाे। त्यसपछि अर्थतन्त्र, उद्योग, कलकारखाना र शिक्षाका कुरा आउँछ। नागरिकको जीवन नै रहने भने कुनै पनि क्षेत्र फेरि चल्न सक्दैन। उद्योग केही समयका लागि बन्द भए भने पुनःसञ्चालन गर्न सकिन्छ तर जीवन रहने भने पुनःसञ्चालन गर्न सकिँदैन।’ प्रम ओलीले सही नीतिका कारण काेराेनाकाबाट तुलनात्मक रुपमा कम क्षति भएको दाबी गरे। उनले नेत्रविक्रम चन्द समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु पनि सफलता भएकाे बताए। ‘अब हिंसाको राजनीति छैन,’ उनले भने।