NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

अमेरिकामा जोनसनको काेभिड खाेपमाथि रोक लगाउन सिफारिस

अमेरिकामा जोनसन एण्ड जोनसनद्वा निर्मित काेभिड-१९ विरुद्धको खोपमाथि रोक लगाउन सिफारिस गरिएकाे छ। यो खाेपको प्रयोगपछि रगत जम्ने समस्या देखिएपछि राेक लगाउन अमेरिकी स्वास्थ्य अधिकारीहरुले यस्ताे सिफारिस गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकी खाद्य तथा औषधि प्रशासनका अनुसार सावधानीलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हाे। प्रशासनका अनुसार खाेपको ६८ लाखभन्दा बढी डोजमा रगत जम्ने ६ दुर्लभ घटना देखिए। संस्थाले एस्ट्राजेनेका भ्याक्सिनको उपयोगबाट रगत किन जम्छ भन्नेबारे अनुसन्धान गरेपछि यसको प्रयोगमा अंकुश लगाएको छ ।। रगत जमेका सबै ६ बिरामी १८ देखि ४८ वर्षका महिला हुन् जसमा यस्तो समस्या भ्याक्सिन लगाएको ६ देखि १३ दिनपछि देखिएको थियो। न्यूयोर्क टाइम्सले अधिकारीलाई उद्धृत गर्दे नेब्रास्कामा यसका कारण एक महिलाको मृत्यु भएको र अर्की एक महिलाको स्थिति गम्भीर भएको जानकारी दिएको छ । जोनसन एण्ड जोनसनले स्वास्थ्य सुरक्षा आफ्नो ठूलो प्राथमिकता भएकाे र यसबारे स्वास्थ्य अधिकारीलाई सबै प्रतिकूल घटनाबारे जानकारी दिएको बताएकाे छ। कम्पनीले भनेको छ, ‘हामीलाई थाहा छ कि कोभिड–१९ को भ्याक्सिन लिएपछि थ्रोम्बोसाइटोपेनियासहित थ्रोम्बोएम्बोलिकका घटना देखिएका छन् । अहिलेसम्म हाम्रो भ्याक्सिन र यी दुर्लभ घटनाबीच कुनै स्पष्ट सम्बन्ध कायम गर्न सकिएको छैन।’