NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । प्यूठानकाे धार्मिकस्थल स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको जीप दुर्घटना भएको छ । लु १ च १६५५ नम्बरको जीप स्वर्गद्वारी नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १६ जना सवार यात्रुमध्ये १ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकाहरुको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी सुनिल मल्लले जानकारी दिए । जीपमा जिल्ला प्रशासन गुल्मीका कर्मचारीसहित परिवारका सदस्यहरु सवार रहेको मल्लको भनाइ छ । मृतकमध्ये एक जनाको सनाखत भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो । अन्य दुई जनाको सनाखत हुन बाँकी छ । सामान्य घाइतेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको उद्धारमा प्रहरी र स्थानीय खटिएका छन् ।