NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

सेल्फी खिच्ने क्रममा अनियन्त्रित भई डुब्यो डुंगा, ७ जनाको उद्धार

काठमाडौं । सल्यानको कुपिण्डे तालमा सञ्चालित अवस्थामा रहेको डुंगाबाट सेल्फी खिच्ने क्रममा ७ पर्यटक तालमा डुबेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गोविन्द थापाका अनुसार आज दिउँसो बनगाड कुपिण्डे नगरपालिका ८ स्थित कुपिण्डे तालमा नयाँवर्ष मनाउन गएका सात जना सवार डुंगा तालको किनारबाट दुई सय मिटर पर डुबेको हो । डुंगा डुबे पनि त्यसमा सवार ७ जनालाई अन्य डुंगा सवार व्यक्तिले उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सेल्फी खिच्ने क्रममा सन्तुलन बिग्रिएर वा डुंगामा प्वाल परेकाले डुंगा डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रत्यक्षदर्शीले भने डुंगामा सवारहरुले सेल्फी र भिडियो खिचिरहेको क्रममा डुंगा अनियन्त्रित भई डुबेको हुनसक्ने बताएका छन् । फाइल तस्बिर