कोरोना संक्रमणबाट सम्पादक कार्कीको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट पत्रकार शान्तिराम कार्कीको निधन भएको छ । कोभिड संक्रमणपछि कार्की दुई हप्ता अघिबाट काठमाडौंस्थित मनमोहन मेमोरियल अपतालमा कार्की उपचाररतः थिए । कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष र जनताटाइम्स डटकमका सम्पादक हुन् । कार्की सौर्य दैनिकमा पनि आवद्ध थिए । कार्की २०४४ सालमा झापाको डोरामारीमा जन्मिएका थिए । कार्की प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत हुन् ।
प्रतिक्रिया