NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कोरोनाको नयाँ भेरियन्ट जिटा कति खतरनाक ?

काठमाडौं । भारतको पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले आफ्नो अध्ययनमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको थियो, जसलाई जिटा नाम दिइयो । मेडिकल क्षेत्रसँग जोडिएको प्री–प्रीन्ट रिपोर्टमा प्रकाशित गर्ने वेबसाइट बायोरसिभ मा छापिएको रिपोर्टमा यो भेरियन्ट बेलायत र ब्रजिलबाट आएका अन्तर्राष्ट्रिय यात्रीहरुमा भेटिएको थियो । रिपोर्ट सार्वजनिक भएपछि सर्वसाधारणमा एक किसिमको डर फैलिएको थियो । कतिपय मिडियादेखि आम सर्वसाधारणले पनि यो भेरियन्ट अन्यको तुलनामा निकै खतरापूर्ण भएको हल्ला फैलाएका थिए । सामाजिक सञ्जालमा यो भेरियन्टलाई सबैभन्दा खतरनाक भएको बताइएको थियो भने यसको तुलना डेल्टा भेरियन्टसँग गरिएको थियो । यहि विषयलाई लिएर बिबीसीको हिन्दी प्रकाशनले ८ जुनमा भारतको नेशनल इस्टिच्युट अफ भाइरोलोजीका प्राध्यापक प्रज्ञा यादवसँग केही कुराकानी गरेको थियो । यादवसँग बिबीसीले गरेको कुराकानीको अनुवादित अंशलाई नेपालवाचमा प्रस्तुत गरिएको छ । कहाँबाट आयो नयाँ भेरियन्ट ? नेशनल इस्टिच्युट अफ भाइरोलोजीले यो नयाँ भेरियन्टलाई ब्राजिल र बेलायतबाट भारतमा आएका यात्रिहरुको नाक र घाँटीको स्वाबमा पाएको हो । कोरोना भाइरसको नयाँ भेरियन्ट बी.१.१.२८.२ सबैभन्दा सुरुवातमा ब्राजिलमा गत अप्रिलमा पाइएको थियो । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी निम्त्याउन सक्ने भन्दै बर्गिकरण गरेको थियो । हाल यो भेरियन्टलाई जिटा भेरियन्ट नाम दिइएको छ । सार्स कोव–२ को जीनोमिक सर्विलेन्सअन्र्तर्गत रहेको बी.१.१.२८.२ भेरियन्ट बेलायतबाट डिसेम्बरमा आएका र ब्राजिलबाट जनवरीमा आएका यात्रीहरुको स्वाबमा पाइएको थियो । उनीहरुमा संक्रमणको कुनै पनि किसिमको लक्षण थिएन् । संक्रमण पुष्टि भएपछि पनि उनीहरुमा लक्षण देखिएन् । निको हुँदासम्म पनि निगरानीमै राख्दा समेत उनीहरुमा कोरोना भाइरसको कुनै किसिमको लक्षण देखिएको थिएन । यो कति जोखिमपूर्ण छ ? कोरोनाका अन्य भेरियन्टलाई जस्तै यसलाई पनि सावधानी अपनाउनुपर्ने भनिएको छ । विश्व स्वास्थ्य संगठनले कुनै पनि भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्टको श्रेणीमा तब राख्दा जब यो भेरियन्ट एकभन्दा बढि देशमा भेटिन्छ । यसलाई आधार मान्दा भेरियन्ट चाडो फैलिएर कम्युनिटी ट्रान्समिसनको स्थिति पैदा गर्न सक्ने भएकाले यसलाई साधवानी अपनाउनुपर्ने बताउँदै ‘भेरियन्ट अफ कन्सर्न’ रुपमा वर्गीकरण गरिन्छ । यसरी वर्गीकरण गरिएका भेरियन्टमा हामीले पनि ध्यान दिनुपर्छ । यो नयाँ भेरियन्टमा इएक्यु मोनोक्लोनल एन्टीबडी उपचारबाट बिकास गरिएका प्रतिरोधात्मक क्षमतामा गम्भिर किसिमको कमि ल्याउने क्षमता भएको देखिएको छ । सँगै एमआरएनए भ्याक्सिन लगाएपछि विकास भएको प्रतिरोधात्मक क्षमतामा पनि यो भेरियन्टले असर गर्न सक्ने देखिएको छ ।सरल शब्दमा भ्याक्सिन यो भेरियन्टको विरुद्धमा प्रभावकारी नहुने देखिएको छ । कसरी असर गर्न सक्छ ? हामीले सीरियन हेम्स्टर मोडलमा यो भेरियन्टको अध्ययन गरेका थियौं । यो कोभिड १९ लाई बुझ्ने प्रचलित तरिका हो, जसमा जनावरमाथि परिक्षण हुन्छ । यो प्रक्रियामा भाइरसको क्षमता आकंलन गरिन्छ र यसमा भएको बिरामी पैदा गर्न सक्ने क्षमतालाई पनि मापन गरिन्छ । हामीले यो भेरियन्टमा बिरामी गर्न सक्ने क्षमता पहिलाका भेरियन्टमा भन्दा निकै धेरै पाएका छौं । अन्य जाँचबाट पनि यो भेरियन्टले निकै गम्भिर बिरामी बनाउन सक्ने देखिएको छ । कुन भ्याक्सिन प्रभावकारी होला ? हाम्रो टिमले यसको विरुद्धमा कोभ्याक्सिनको क्षमताको अध्ययन गरेको थियो । हामीले आफ्नो अध्ययनमा कोभिड १९ विरुद्धको कोभ्याक्सिनले यो भेरियन्टको संक्रमणबाट केही हदसम्म बचाउन सक्षम हुने पाएका छौं । भ्याक्सिन निर्माताले भ्याक्सिनले नयाँ भेरियन्टको खतरा कति मात्रामा कम गर्छ भन्ने तथ्या)क उपलब्ध गराएका छैनन् । तर, हाम्रो अध्ययनबाट यो भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरियन्टबाट केही हदसम्म बचाउ हुने देखिएको छ ।