NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

शनिबार ४६ सय ३६ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २१ हजार नाघ्यो 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा चार हजार ६ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । शुक्रबार पाँच हजारमा देखिएको कोरोना शनिबार केही सयको संख्यामा घटेको छ ।  तर, सक्रिय संक्रमितको संख्या भने ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।  शनिबार  १० हजार ४१२ जनामा गरिएको पिसिआर परीक्षणमा ३ हजार ७०१ र चार हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै, शनिबार कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थपिनेमध्येमा सबैभन्दा धेरै काठमाडौंका रहेका छन् । काठमाडौंमा मात्रै १५ सय ९१ जनामा संक्रमण देखिएको छ ।  यस्तै, भक्तपुरमा १४२, ललितपुरमा ४८६ र चितवनमा शनिबार मात्रै २०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष