NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

लिपुलेक–कालापानीको बाटोबारे प्रतिवाद गर्न राप्रपाको माग 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले लिपुलेक–कालापानी क्षेत्रमा एकतर्फी रुपमा बनाइरहेको सडकका विषयमा सरकारलाई प्रतिवाद गर्न अनुरोध गरेको छ ।  राप्रपाले उक्त सडक निर्माणबारे आपत्ति वनाउँदै सरकराले अतिक्रमण र सीमामा भइरहेको हस्तक्षेपविरुद्ध प्रतिवाद गर्नुपर्ने बताएको छ ।  राप्रपा महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिँदा पनि सत्तारुढ गठबन्धन मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।  ‘भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरोस् ।’  

ताजा अपडेट

नेपालवाच विशेष